मान्छेले मात्रै होइन, कमिलाले पनि गर्छन् अपरेसन

काठमाण्डु टुडे २०८१ असार २४ गते १०:२२ मा प्रकाशित

 

एजेन्सी– मानिसको शरीरमा कुनै समस्या आयो वा रोग लाग्यो भने शल्यक्रिया गरिन्छ । यो क्षमता मानिसमा मात्रै छ । मेडिकल अध्ययनका कारण मान्छेले यो क्षमता प्रप्त गरेको हो ।

यो जटिल प्रक्रियाका लागि अत्यधिक प्रतिभाको खाँचो पर्दछ । तर अमेरिकामा भने वैज्ञानिकहरूले यस्तो कमिला खोजेका छन्, जसले शल्यक्रिया पनि गर्ने छन ।

आफ्नो साथीहरूलाई बचाउन शल्यक्रिया गर्ने यो कमिला फ्लोरिडामा खोजि भएको हो । यिनीहरूलाई कार्पेन्टर आन्ट्स भनिन्छ ।

एउटै गुँडमा बस्ने साथी कमिलाको खुट्टामा लागेको चोटलाई यिनीहरूले चिन्छन् र घाउ ठिक गर्न खुट्टा वा यसको हिस्सा काटेर फ्याँकिदिन्छन् । सन् २०२३ मा फ्र्यांकको टिमले अफ्रिकी कमिलाको एउटा प्रजाति खोजेका थिए । यसको नाम मेगापोनेरा एनालिस हो ।

यसले आफ्नो गुँडमा भएका घाइते साथीहरूको उपचार आफ्नो शरीरबाट निस्कने एन्टीमाइक्रोबायल पदार्थले गर्थे । फ्लोरिडामा भेटिएका कार्पेन्टर आन्ट्समा यो क्षमता छैन । तर यिनीहरू घाइते साथीको खुट्टा काट्न माहिर छन् । उपचारका लागि कार्पेनटर आन्ट्सले आफ्नो मुखको प्रयोग गर्छन् ।

घाउ ठिक नहुने जस्तो देखेपछि घाउ भएको हिस्सा मुखले काटेर फ्याँकिदिन्छन् । यो अध्ययन करेन्ट बायोलोजी जर्नलमा पनि प्रकाशित भइसकेको छ । वैज्ञानिकहरूले यस अध्ययनमा दुई खालको चोटमा ध्यान दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us