रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते ११:५९ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– काभ्रेको पाँचखाल नगरपालिका– ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ ।

पाँचखाल नगरपालिका– ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन । तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको जानकारी दिएका छन ।

शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठको जानकारी दिएका छन ।

शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने उनले बताएका छन । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us