बझाङ-१ मा एमालेका मदन भण्डारी निर्वाचित

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते १७:०८ मा प्रकाशित

बझाङ, १७ वैशाख- बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनमा एमाले उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
 निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई २ सय ६६ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले ११ हजार ६ सय १२ मत ल्याउॅदा कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत पाए । 
निर्वाचनमा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us