ओलीको निष्कर्ष: एमाले लयमा फर्कियो

काठमाण्डु टुडे २०८१ वैशाख ८ गते १८:२० मा प्रकाशित

काठमाण्डु, ७ वैशाख– पूर्व प्रधानमनत्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजनपछि उत्पन्न कठिन परिस्थिति पार गरेर एमाले फेरि लयमा फर्किएको निष्कर्ष निकालेका छन ।

आज (शनिबार)बाट ललितपुरको गदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले एमालेको यात्रा लयमा फर्किएको निष्कर्ष निकालेका हुन् ।

अध्यक्ष ओलीद्धारा प्रस्तुत गरीएको राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘नेकपाको विभाजनको निर्णायक विन्दुका रुपमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध अभियोगपत्र दर्ता भएपछिका घटनाक्रमहरु केलाउँदा नेकपा (एमाले)ले कसरी कठिन यात्रा पार गरेर आफूलाई आजको अवस्थामा ल्याइपुर्‍याएको छ भन्ने स्पष्ट हुन्छ’ ।

अध्यक्ष ओलीले एमाले लयमा फर्किएको तथ्य देखाउन २८ कात्तिक २०७७ यताका प्रमुख राजनीतिक घटनाक्रमहरु सारांशमा प्रस्तुत गरेका छन् । नेकपाभित्रको विवादकै क्रममा आफूविरुद्ध अर्का अध्यक्ष प्रचण्डसहितका ५ नेताले लेखेको १९ बुँदे आरोपपत्र नै नेकपा विभाजनको सुरुवात भएको ओलीको दावी छ ।

त्यही पत्रबाट सुरु भएको नेकपाको संकट, पार्टी विभाजन र फेरि एमाले पुनर्गठनसम्मका घटनाक्रमलाई प्रतिवेदनमा क्रमशः उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us