प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थालेको छ: रवि लामिछाने

काठमाण्डु टुडे २०८१ वैशाख ७ गते १६:२४ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– उपप्रधान एवं गृहान्त्री रवि लामिछानेले कांग्रेस प्रतिपक्षमा पुगेपछि छटपटि भएर बर्बराउन थालेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह पनि गरेका छन ।

उनले भने, ‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला ।

अलिअलि गनगन गर्न थाल्नुभयो होला ।’ उनले रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने पनि बताएका छन ।

उनले भने, ‘जे छ, त्यही ठीक छ भन्ने लाग्छ भने त्यस्तैलाई निरन्तरता दिनुपर्दछ । होइन अब हामीले मत परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ भने अब सोच्नै पर्दछ ।’ उनले अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता पनि व्यक्त गरेका छन ।

उनले भने, ‘एउटा मात्रै पहिचान भएको ठाउँ होइन यो । यहाँ धेरै पहिचान छन् । यसमा गौरव गर्ने ठाउँमा कहिले पनि कञ्जुस्याईं गरेका छैनौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us