मधेश प्रदेशमा नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

काठमाण्डु टुडे २०८१ वैशाख ६ गते १६:५१ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोप्यनियताको सपथ लिएका हुन । बिहीबार नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई उद्योग तथ पर्यटज मन्त्रालय र नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र गृह सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी एमालेकी सारदा थापाले शपथ लिएकी छन ।

माओवादीले उद्योग पर्यटनमन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा भट्टराईलाई मन्त्री बनाएको हो । राज्यमन्त्रीसहित चारैजना नवनियुक्त मन्त्रीले शपथ लिएका छन् ।

तीन मन्त्रीलाई प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us