४३ जनामाथि अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पठायो अख्तियारलाई पत्र

काठमाण्डु टुडे २०८१ वैशाख ३ गते १६:३० मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस गरेकामाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय स्रोतले जानकारी दिएको छ ।

त्यस्तै अन्य निकायलाई समेत कारबाहीको लागि पठाउने र उक्त प्रतिवेदनको जानकारी एवं आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको शिक्षामन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनिया, हिरा बहादुर महर्जन लगायतमाथि कारबाही सिफारिस गरेको थियो ।

२०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन हालसम्म गोप्य राखिएको थियो । शिक्षामन्त्री श्रेष्ठले उक्त प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वयन गर्ने निर्णय गरेकी थिइन् ।

सोही आधारमा उनीहरूमाथि आवश्यक कारबाही गर्न अख्तियारलाई लेखिपठाएको उनको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us