मस्को कन्सर्ट हलमा आतङ्कवादी आक्रमण, कम्तीमा ६० को मृत्यु, १४० भन्दा बढी घाइते

काठमाण्डु टुडे २०८० चैत १० गते १२:४५ मा प्रकाशित

काठमाण्डु, १० चैत– रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन ।

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनिरहेको बिबिसिले जानकारी दिएको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।

अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएको छ । दुई हप्ताअघि अमेरिकी राजदूतावासले उग्रवादीहरूले आक्रमणको योजना बुनिरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकहरूलाई भिडभाड हुने ठाउँमा नजान भनेको बताइएका बिबिसिले जानकारी दिएको छ ।

रुस र युक्रेनबीच लडाइँ चलिरहेको समयमा भएको यो गोली काण्डमा आफू संलग्न नरहेको किएभले बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us