सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाण्डु टुडे २०८० फागुन २१ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, २१ फागुन– सत्ता समिकरण फेरबदल सँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक वृद्धि भएपछि बजारमा सर्किट ब्रेक लागेको हो ।

कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत वृद्धि भएको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ ।

सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us