
नवलपरासी, (बर्दघाट सुस्तापूर्व) १३ फागुन– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा बाघ मारेर गाडेको अवस्थामा फेला परेको छ ।
मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा भाले पाटेबाघ बाघ मृत फेला परेको हो । पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा रोयल बेङ्गल टाइगर प्रजातिको बाघ गाडेको अवस्थामा भेटिएको बताए । बाघ मारेर गाडिएको सूचना स्थानीयले दिएका थिए ।
यसअघि गत ४ फागुनमा मध्यविन्दु–१० अरुणखोलामा भाले प्रजातिको पाटे बाघ मृत फेला परेको थियो । आठ दिनपछि सोही जंगलमा अर्को बाघ मृत फेला परेको हो ।