
काठमाण्डु, १२ फागुन– कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगोले धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेको छ ।
स्थानीय सिपी तामाङको कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीेल जनाएको छ । फुसको छानो भएका कारण पनि घर खरानीमा परिणत भएको हो । आगलागी भएको बारे समयमै थाहा पाएर घरमा भएकाहरु बाहिरिएर निस्किएका कारण मानवीय क्षति भने हुन पाएन ।
आगलागीका कारण घरभित्र रहेको धान, मकै र कोदोसहित सबै अन्नपात तथा कपडा जलेर जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।