सात महिनामा नेपाललाई ८ खर्ब ११ अर्ब व्यापार घाटा

काठमाण्डु टुडे २०८० फागुन ९ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, ९ फागुन– चालू आर्थिक वर्ष (आ.व) ०८०/८१ को पछिल्लो ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा लागेको छ ।

गत साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा नेपाललाई लागेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरीएकोछ ।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्ष ०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो ।

यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यो चालू वर्षको तुलनामा २१ अर्बभन्दा धेरै आयात हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us