सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाण्डु टुडे २०८० फागुन ६ गते १९:१० मा प्रकाशित

काठमाण्डु, ६ फागुन– साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा सीमित भएको हो । ३ सय १५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १ सय ९६ रुपैयाँमा खरिद बिक्री भए ।

घट्दो बजारमा पनि बोटलर्स नेपाल र समाज लघुवित्तको सेयर १० प्रतिशतले वृद्धि भयो । सबैभन्दा बढी सामलिङ पावरका लगानीकर्ताले सर्वाधिक गुमाए । उक्त कम्पनीको मूल्य ८.२१ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा यसदिन हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो ।

उक्त कम्पनीको ४० करोड मूल्य बराबरको सेयर कारोबार भयो । एनआईसी एसिया बैंकको १३ करोड, जोशी हाइड्रोपावरको १० करोड, सगरमाथा जलविद्युतको ९ करोड र युनियन हाइड्रोपावरको ७ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

सबै उपसमूहका सूचक नकारात्मक देखिए । फाइनान्स उपसमूह र हाइड्रोपावरको सूचक २ प्रतिशत बढीले घटेको छ ।

कारोबारमा आएका कम्पनीमध्ये २१ वटाको मूल्य बढ्दा २ सय २५ वटाको घट्यो भने दुई कम्पनीको मूल्य बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us