संसदले पारित गरेको बजेट कटौती गरिएको छैन: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० फागुन ४ गते १४:४३ मा प्रकाशित
काठमाण्डु, ४ फागुन– अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन  । उनले शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन ।
उनले संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेटको कटौती नभएको बताएका छन ।   बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आकलन गरेको थियो ।
सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ । त्यस्तै बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा मध्यावधि मुल्यांकनबाट १२ खर्ब तीन अर्ब रूपैयाँ राजस्व उठ्ने आकलन गरिएको उनले जानकारी दिएका छन ।
अर्थमन्त्री महतले अहिलेसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आकलन मात्रै गरिएको जानकारी दिएका छन । उनले भने, ‘सकेजतिको खर्च गर्ने हो, सकेजति राजस्व उठाउने हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us