नेपालले नवौं विकेट गुमायो

काठमाण्डु टुडे २०८० फागुन ३ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट पतन भएको छ । ३५.३ ओभरमा पवन व्यक्तिगत १२ रनमा आउट भएका हुन् । उनी निकोल लोफ्टि९इटनको बलमा जेरार्ड एरास्मसको हातबाट क्याट आउट भएका हुन् ।

उनी आउट हुँदा नेपालले १२१ रन बनाउन सफल भएको छ । यसअघि आठौं विकेटका रुपमा गुल्शन झा २१ रनमा आउट भएका थिए । यस्तै पाँचौ नम्बरमा व्याटिङमा आएका सार्की सातौं विकेटका रुपमा २७.४ ओभरमा ४४ रनमा आउट भए ।

अफस्टम्प नजिकैको बलमा कप्तान एरास्मसले जोडदार अपिल गरेका थिए । जसमा अम्पायरले एलबीडब्लू आउट लिए । यसअअघि छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us