अर्थतन्त्रका सबै सूचक सुधारतर्फ उन्मुख रहेको अर्थमन्त्री महतको दाबी

काठमाण्डु टुडे २०८० माघ २९ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, २९ माघ– अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको बताएका छन । उनले आज सोमबार चालु आर्थिक वर्ष ०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन ।

उनले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको पनि बताएका छन । उनले भने, ‘काम गर्ने कुरा, कुरा गरेको जस्तो हुन्न । आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न,’ ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो ।

बजेट व्यवस्थापनमा चुनौती भने छन् ।’ उनले बजेट पद्दतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने पनि बताएका छन । उनले भने,‘सूचक सकारात्मक बन्दै गए पनि लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ ’ ।

उनले पर्यटन क्षेत्रमा सुधार भएको पनि दाबी गरेबा छन । यस्तै मूल्यवृद्धि नियन्त्रण भएको पनि उनले बताएका छन। उनले कर्जा प्रवाहमा चिन्ता थियो, तर आगामी दिनमा अझै बढ्छ भन्ने ‘कन्फिडेन्स’ भएको पनि बताएका छन ।

उनले भने, ‘विप्रेषण बढी चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, वस्तु आयात घटेको छ, निर्यात घटेको छ,’ महतले भने, ‘निर्यात कम हुनुमा उत्पादनशील क्षेत्रले गति नलिँदा कम भएको हो । आयातमा गैरभन्सार चुहावटको आशंका गरिएको छ । सरकारको खर्चमा सबैको चिन्ता छ । समग्र खर्च ३२.५७ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us