क्यानडाविरुद्ध भीम सार्कीले पनि बनाए अर्धशतक

काठमाण्डु टुडे २०८० माघ २९ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, २९ माघ– तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले पनि अर्धशतक बनाएका छन् ।

आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि सार्कीले पनि अर्धशतक बनाएका छन् ।

२२ वर्षीय भीम ७८ बलको सामना गरी पाँच चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा रहेका छन । उनले ३१औँ ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । भीमले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो चौथो अर्धशतक हो ।

उनले हाल २१ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् । त्यसअघि ओपनर ब्याट्सम्यान अनिल शाहले पनि अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए ।

अनिलले १४.५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा उनले बनाएको यो लगातार दोस्रो अर्धशतक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us