फागुनका लागि फेरि घटाए बाणिज्य बैंकहरुले व्याजदर

काठमाण्डु टुडे २०८० माघ २९ गते ९:५८ मा प्रकाशित

काठमाण्डु, २९ माघ– अधिकांश बाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकहरुले सोमबार सूचना जारी गर्दै निक्षेपको ब्याजदर घटाइएको जनाएका हुन् । माघको तुलनामा व्यक्तिगत मुद्दतिको औसत र ०.४१ प्रतिशत बिन्दुले व्याजदर घटेको हो । माघमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम व्याजदर ९ दशमलब १५ थियो । फागुनमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशत कायम भएको छ ।

एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयनबाहेक बाँकी १६ बाणिज्य बैंकले व्याजदर घटाएका छन् । कर्जा प्रभाव घट्दै जाँदा बैंकिङ प्रणालीमा अधिक तरलताका कारण बैंकहरुले हरेक महिनाजसो व्यक्तिगत मुद्धतीमा व्याजदर घटाउँदै लगेका छन् ।
फागुनमा कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा कम अधिकतम ६.४४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.३५ प्रतिशत, प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकको ८ प्रतिशत, एनएमबी बैंकको ८.५ प्रतिशत,ग्लोबल आइएमइ बैंकको ७.६ प्रतिशत र नबिल बैंकको ७.७६ प्रतिशत ,नेपाल एसबीआई बैंकको ८.१ प्रतिशत, कुमारी बैंकको ८.०१ प्रतिशत र एनआइसी एशिया बैंकको ८ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ । बैंकहरूमा ५ खर्बको हाराहारी तरलता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us