पाकिस्तानको आम चुनावमा इमरान खानको पीटीआई पार्टीलाई सफलता

काठमाण्डु टुडे २०८० माघ २७ गते १८:४२ मा प्रकाशित

एजेन्सी– पाकिस्तानमा बिहीबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारले जित हासिल गरेपछि वक्तव्य जारी गरेका छन ।

भ्रष्टाचारको मुद्दामा जेलमा रहेका खानले आर्टिफिसियल इन्टेलिजेन्समार्फत वक्तव्य जारी गरेका हुन । पूर्वप्रधानमन्त्रीको पार्टी पीटीआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो ।

यस सन्देशमा अदियाला जेलमा बन्दी खानले भोट गरेर साँचो स्वतन्त्रताको जग बसालेको दाबी गरेका छन । उनले उम्मेदवारलाई २०२४ को चुनाव जितेकोमा बधाई दिएका छन् ।

उनले यो जीतले कारण लन्डन योजना असफल भएको पनि बताएका दाबी गरेको पनि अन्तराष्ट्रिय सञ्चार माध्याम हरुले पनि जानकारी दिएका छन ।

इमरान खानको सन्देशमा पूर्वप्रधानमन्त्री नवाज शरिफविरुद्ध टिप्पणी गर्दै ‘३० सिट पछाडि भए पनि विजयीको भाषण दिएको’ भनेका छन् । उल्लेखनीय के छ भने निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन। पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारको अग्रता छ। पीटीआईले चुनावमा धाँधलीको भएको आरोप लगाएको छ तर कुनै प्रमाण पेस गर्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us