
काठमाण्डु, २७ माघ– क्यानडाविरुद्ध दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले आफ्नो छैटौं विकेट पनि गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालका पवन सर्राफ १४ रन बनाएर आउट भए ।
उनले जम्मा ८ बलमा २ चौका र १ छक्काको मद्दतमा १४ रन बनाउन सफल भएका थिए । काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले जितका लागि अब ४६ बलमा १९ रन बनाउनुपर्नेछ ।