क्यानडाविरुद्ध नेपालमा देव खनालले बनाए अर्धशतक

काठमाण्डु टुडे २०८० माघ २७ गते १५:३० मा प्रकाशित

काठमाण्डु, २७ माघ– क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक पुरा गरेका छन । उनले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन अर्धशतक बनाएका हुन ।

यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका थिए । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी समेत बनेका छन । २८६ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६२ रन बनाउन सफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us