
काठमाण्डु, २७ माघ– नेपाली टोलीका कप्तान रोहित पौडेलले काठमाण्डुको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पुरा गरेका छन ।
उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा पुरा गर्न सफल भएका हुन । त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितसँगै देव खनाल र अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् । नेपाल २७ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६७ रनमा खेलिरहेको छ ।