
काठमाण्डु, २५ माघ– नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इन्टरनेशल लिग टी–२० क्रिकेट खेल्ने भएका छन । यूएई क्रिकेट बोर्डको आधिकारीक उक्त लिग दीपेन्द्रले गल्फ जायन्ट्सबाट खेल्ने पक्क भएको छ ।
दीपेन्द्र आज साँझ त्यसतर्फ प्रस्थान गर्ने भएका छन । युएईमा जारी प्रतियोगितामा गल्फ जायन्यट्स ८ खेलमा समान ४ मा जित र हारका साथ तेस्रो स्थानमा रहेको छ । दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्समा कार्लोस ब्रेथवेट, आयन खान, शिम्रन हेटमायर, क्रिस लिन र जेम्श भिन्स जस्ता खेलाडी रहेका छन ।
दीपेन्द्र ६ महिनाअघि क्रिस लिनकै कप्तानीमा ग्लोबल टी–२० क्यानडा मोन्टरिएल टाइगर्सबाट खेल्दै च्याम्पियन बनेका थिए । गल्फ जायन्ट्सले आज एमआई इमिरेट्ससँग खेल्नेछ । आजको खेल भने उनले गुमाउनेछन् ।
क्यानडासँगको तीन खेलको सिरिजमा नेपालले दीपेन्द्रलाई विश्राम दिएको छ । त्यसैको कारण उनी यूएई जानेछन् । गल्फ जायन्ट्सले लिगको अन्तिम खेल ११ फेब्रुअरीमा खेल्नेछ । पहिलो क्वालिफायर १३, इलिमिनेटर १४ र दोस्रो क्वालिफायर १५ फेबुअरीमा हुनेछ ।
फाइनल १७ फेब्रुअरीमा हुनेछ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेपालले घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ । दीपेन्द्र लिग २ का लागि भने नेपाली टोलीमा उपलब्ध हुनेछन् ।