नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० माघ २५ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, २५ माघ– त्रिवि क्रिकेट जारी दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई जितका लागि २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४ रन बनाउन सफल भएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाउन सफल भएका थिए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रन बनाउन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us