आईसीसी यू–१९ विश्वकप: नेपालविरुद्ध भारतले २१६ रन बनायो

काठमाण्डु टुडे २०८० माघ १९ गते १७:१२ मा प्रकाशित

काठमाण्डु, १९ माघ– आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा आज शुक्रबार भारतीय टोलीले ४० ओभरमा तीन विकेट गुमाएर दुई सय १६ रन बनाउन सफल भएको छ ।

दक्षिण अफ्रिकामा जारी खेलमा भारतका लागि कप्तान उदय शरण ६५ रन र सचिन दास ८७ रन बनाउँदै क्रिजमा रहेका छन । भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन् ।

गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाउन सफल भएको थियो ।

भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए । १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।

भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए । १४ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us