आईसीसी यू–१९ विश्वकप: नेपालविरुद्ध भारतले ९७ रन बनायो

काठमाण्डु टुडे २०८० माघ १९ गते १५:३६ मा प्रकाशित

काठमाण्डु, १९ माघ– आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा आज शुक्रबार भारतीय टोलीले २० ओभरमा तीन विकेट गुमाएर ९७ रन बनाउन सफल भएको छ ।

दक्षिण अफ्रिकामा जारी खेलमा भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका थिए । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो ।

भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए ।

१३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाउन सफल भएको थियो । भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए ।

१४औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो । भारतका कप्तान उदय शरण ११ रन र सचिन दास २३ रन बनाउँदै क्रिजमा छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us