आईसीसी यू-१९ विश्वकप: नेपाललाई एकै ओभरमा दुई विकेट

काठमाण्डु टुडे २०८० माघ १९ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, १९ माघ– आईसीसी यू-१९ विश्वकप सुपर सिक्स खेलमा नेपालले भारतविरुद्ध एकै ओभरमा दुई विकेट हात पर्न सफल भएको छ । १४ औं ओभरमा नेपालले भारतका दुई विकेट लिँदै खेलमा फर्किने संकेत गरेको छ ।

तीव्र गतिका बलर आकाश चन्दको १४ औं ओभरको अन्तिम बलमा ओपनर आर्शिन कुलकर्णी आउट साइड एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट भए । उनले ३० बलमा २ चौका प्रहार गरेका थिए ।

त्यसअघि वाइड हुनु अघि नेपालले १४ औं ओभरको पाँचौं बलमा रन आउटको रुपमा विकेट प्राप्त गरेको थियो । प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको थियो । दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गदै चौका रोक्दै आकाश चन्दलाई बल थ्रो गरेका थिए ।

उक्तक्रममा उनी रन आउट भएका थिए । चौथो रन लिनेक्रममा आर्शिनसँग तालमेल गर्न नसकेपछि रन आउट हुन पुगेका थिए । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १५ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ । सचिन दास १ र कप्तान उदय शहरान २ रनमा क्रिजमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us