आईसीसी यू-१९ विश्वकप: भारतविरुद्ध गुल्शनले दिलाए नेपाललाई पहिलो सफलता

काठमाण्डु टुडे २०८० माघ १९ गते १४:२७ मा प्रकाशित

काठमाण्डु, १९ माघ– आईसीसी यू-१९ विश्वकप सुपर सिक्समा नेपालका तीव्र गतिका बलर गुलशन झाले भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् ।

गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराउन सफल भएका छन । बायाँ हाते आदर्श लेग साइडको बल खेल्ने धुनमा एज लागेर विकेटकिपर उत्तम थापामगरबाट क्याच आउट गराए । उनले १८ बलमा ४ चौका प्रहार गरेका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ५ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको छ । ओपनर अर्शिन कुलकर्णी ५ र प्रियान्शु मोलिया क्रिजमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us