चौधरी पक्राउले लगानी सम्मेलन प्रभावित हुन सक्छः उद्योग बाणिज्य महासंघ

काठमाण्डु टुडे २०८० माघ १८ गते २०:०९ मा प्रकाशित

काठमाण्डु, १८ माघ– उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघले व्यापारी अरुण चौधरीलाई प्रहरीले प्रक्राउ गरेकामा आपत्ति जनाएको छ ।

महासंघले बिहीबार पत्रकार सम्मेलन गरी लगानी सम्मेलनको मुखमा चौधरीलाई पक्राउ गरिनुले नेपालमा लगानीको वातावरण छैन भन्ने नकारात्मक सन्देश गएको टिप्पणी गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा जालसाँजी गरी आफ्नो नाममा नामसारी गरेको आरोपमा चौधरीलाई बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको थियो ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले आकस्मिक पत्रकार सम्मेलन गरी पूर्वसूचनाबिनै हठात चौधरीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । मुलुक आर्थिक समस्याबाट गुज्रिएका बेला उद्यमी व्यवसायीमाथि धरकपड गरेर सरकारले गलत गरेको ठहर महासंघको छ ।

विज्ञप्तिमा बाँसबारी जग्गा प्रकरणको छानबिन निस्कर्षमा नपुगेसम्म चौधरीलाई नपक्रन पटकपटक आग्रह गर्दै आएको उल्लेख छ ।

पहिला पक्राउ गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृष्यबाट पहिल्यै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको भन्दै महासंघले पहिला सत्यतथ्य पत्ता लगाएर मात्र कानूनी कारबाही अघि बढाउन महासंघले सरकारको ध्यानकर्षण गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us