आईसीसी यु–१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले गुमायो पहिलो विकेट

काठमाण्डु टुडे २०८० माघ १७ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, १७ माघ– नेपालले आईसीसी यु–१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्धको खेलमा आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका हुन ।

विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् । कभर सट खेल्ने धुनमा एज लागेर उनी क्याच आउट भएका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २० रन बनाउन सफल भएको छ । नेपालका ओपनर अर्जुन कुमाल १२ बलमा २ चौकासहित १० र आकाश त्रिपाठी शून्यमा क्रिजमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us