
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकाको इस्ट लन्डनमा जारी आइसिसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अलआउट गरेको छ ।
टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा अलआउट भयो । १ सय ४६ रनको लक्ष्य र्पाको नेपालका लागि आकास चन्दले उत्कृष्ट बलिङ गरे । ५ विकेट लिने क्रममा आकाशले ८ ओभरमा ३४ रन बनाए । आकाश यू–१९ विश्वकपमा पाँच विकेट लिने नेपालका लागि चौथो बलर बनेका छन् ।
पहिलो दुई ओभरमा दुई विकेट लिँदै नेपालले उत्कृष्ट सुरुवात गरेको थियो ।
नेपालका लागि गुल्सन झाले पहिलो ओभरको चौथो बलमा पहिलो विकेट लिए । उनी अफगानिस्तानका ओपनिङ ब्याटसम्यान नुमन शाहलाई दीपक डुम्रेबाट शून्यमै क्याच गराउन सफल भए । दोस्रो ओभरमा आकाशले खलिद तनिवाललाई पनि विपिन रावलबाट शून्यमै क्याच आउट गराए ।
आकासले नै अफगानिस्तानका ओपनर जाम्शिद जार्द्रानलाई ५.५ ओभरमा बोल्ड गरे । दुई ओभरपछि आकासले नेपालका लागि चौथो र व्यक्तिगत तेस्रो विकेट लिन सफल भए । आठौं ओभरको अन्तिम बलमा उनले सोहिल खानलाई ४ रनमा कप्तान देव खनालबाट क्याच गराए ।
आकासले दशौं ओभरको पहिलो बलमा नेपाललाई पाँचौ सफलता दिलाए । उनले व्यक्तिगत चौथो विकेट लिने क्रममा अलि अहमदलाई शून्यमा आउट गरे । अफगानिस्तानका हसन
इशाखिललाई दिपेश कँडेलबाट क्याच गराएर आकाशले उनले एकै खेलमा पाँच विकेट लिने कीर्तिमानी बनाए तिलकराज भण्डारीले १८औं ओभरको तेस्रो बलमा एम घजानफरलाई ३७ रनमा आउट गरी टिमका लागि सातौं विकेट लिए । घजानफरले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।
अफगानिस्तानका लागि नशिर शाखले ३१ रनको योगदान गरे । फारुदुनसँग उनले ५५ रनको साझेदारी गरे । फारुदुनले अन्तिम सुवास भण्डारीबाट आउट हुने क्रममा २९ रन जोडे ।
बलिङमा नेपालका आकाशले ५ र दिपेशले २ विकेट लिए ।
सुवास भण्डारी, तिलक भण्डारी र गुल्सन झाले १–१ विकेट लिए । नेपाल र अफगानिस्तान दुवै यसअघि पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएका थिए । सुपर–६ मा पुग्न दुवै टिमलाई जितको आवश्यकता छ ।