आईसीसी यू–१९ विश्वकप: नेपालले तेस्रो विकेट गुमायो

काठमाण्डु टुडे २०८० माघ १२ गते १८:२५ मा प्रकाशित

काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानसँगले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट पनि गुमाएको छ ।

नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बल खेलेको सामना गरेका थिए ।

नेपालका कप्तान देव खनालले ४ रनमा ठूलो जीवनदान पाएका छन् । स्पिनर घजान्फरको आठौं ओभरको पाँचौं बलमा कट एन्ड बोल्ड हुनबाट बचेका थिए । खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड आउट भए । यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए ।

अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट भएका थिए । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा ३ विकेट गुमाउँदै २४ रन बनाउन सफल भएको छ । कप्तान देव खनाल ८ र आकाश त्रिपाठी क्रिजमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us