
काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाउन सफल भएको हो ।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रन बनाए । अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए ।
नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो । नेपालका लागि आकाश चन्दले पाँच विकेट लिन सफल भएका थिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।