आईसीसी यू–१९ विश्वकप क्रिकेट: अफगानिस्तानविरुद्ध आकाश एक्लैले लिए ५ विकेट

काठमाण्डु टुडे २०८० माघ १२ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, १२ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्धको खेलमा तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले सुपर सिक्समा पुग्न निर्णायक खेलमा उत्कृष्ट सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ६ विकेट गुमाउँदै ४३ रन बनाएको छ । आकाश चन्दले ५.३ ओभरमा ९ रन खर्चेर अफगानस्थानको ५ विकेट लिएका छन् ।

गुल्शन झा ५ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिएका छन् । नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गराएका थिए ।

उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए ।

दुबै ब्याटर शून्यमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो । त्यसपछि आकाश चन्दले थप तीन विकेट लिँदै अफगानिस्तानलाई संकटमा पुर्‍याएका छन् । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us