
काठमाण्डु, १० माघ– आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्धको खेलमा नेपालका सुवास भण्डारी र आकाश चन्दले दौडिएर नै एकै बलमा पाँच रन बनाउन सफल भएका छन ।
तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोड्न सफल भएका हुन् । जिशानलाई सुवास भण्डारीले उक्त बल प्रहार गरेका थिए ।
दुई रन सजिलै जोडेका थिए । तर पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि सुवास र आकाशले त्यसको भरपूर्ण फाइदा उठाउँदै पाँच रन दौडिएर पूरा गर्न सफल भएका हुन ।
त्यसैको कारण नेपालले एकै बलमा पाँच रन जोड्न सफल भएको थियो । नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा १९७ रनमा अल आउट भयो ।