१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल न्युजिल्याण्डसँग पराजित

काठमाण्डु टुडे २०८० माघ ८ गते ८:११ मा प्रकाशित

काठमाण्डु, ८ माघ– दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ ।

समूह ‘डी’ मा रहेको नेपाल आइतबार राति न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र जोड्न सक्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो ।

नेपालले अब बुधवार पाकिस्तानसँग खेल्नेछ । शनिबार भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनले हराएको थियो । आज समूह ‘ए’ का बङ्लादेश र आयरल्यान्ड तथा समूह ‘सी’ का अष्ट्रेलिया र नामिबियाबीच खेल हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us