
काठमाण्डु, ७ माघ– नेपालले आईसीसी यू९१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता प्रप्त गरेकाने छ ।
दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन । टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन मात्र बनाउने सफल भयो । यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए ।
तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरेका थिए । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
पावर प्ले सकिएपछि भने नेपालका दुई स्पिनरले ओपनरलाई आउट गर्दै खेलमा फर्किने सम्भावना देखाएका छन् । स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । ल्यूकले २५ बलमा २ चौका प्रहार गरेका थिए ।