
काठमाण्डु, ५ माघ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराएको छ । बागमतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ ओभर १ बलमा २०९ रन मात्र बनाउन सफल भएको थियो ।
सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धसतक प्रहार गरेका छन । थपलियाले ५९ र सुवेदीले ५३ रन बनाउन सफल भएका थिए । सोनु अन्सरीले २१ र आइस भट्टराईले अविजित ३२ रनको बनाउन सफल भए ।
बलिङमा बागमतीका इशान पाण्डेले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका इशानले ३९ रन खर्चेर ५ विकेट लिएका । सूर्य तामाङले २, रिजन ढकाल र प्रतीक श्रेष्ठले १–१ विकेट लिन सफल भएका थिए ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८ ओभर ३ बलमा अलआउट हुँदै २७३ रन बनाएको थियो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले सतक प्रहार गरेका थिए ।
उनी १११ बलमा ११८ रन बनाएर आउट भएका थिए । कप्तान रित गौतमले ४९, रबिन जोशीले ४३ र प्रतीक श्रेष्ठले १९ रन बनाउन सफल भएका थिए ।
बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिनाले ३, कमल खत्री र हेमन्त राईले २–२ र फिर्दोश अन्सरीले १ विकेट लिएका थिए ।