क्रिकेट नखेलेको भए म पनि पढ्न अस्ट्रेलिया आउँथे: कुशल भुर्तेल

काठमाण्डु टुडे २०८० पुष ९ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, ९ पुस– नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले क्रिकेटमा नलागेको भए आफूले पनि अस्ट्रेलियामा पढ्न आउने योजना रहेको जानकारी दिएका छन ।

हाल व्यवसायीक क्रिकेट खेल्न अस्ट्रेलियामा रहेका कुशलले एनआरएनए (एनएसडब्लु) राज्य समितिद्वारा आयोजित सम्मान कार्यक्रममा सो कुरा बताएका हुन । एनआरएनए एनएसडब्लु राज्य समिति र असल्याण्डले संयुक्त रूपमा शनिबार सिड्नीमा आयोजना गरेको कार्यक्रममा क्रिकेटर भुर्तेललाई नगसहित सम्मान गरेका हुन्।

क्रिकेटर भुर्तेलले खेलाडी पलायनको विषयमा सोधीएको प्रश्नमा भने, ‘अब क्रिकेटमा भने खेलेर जीवनयापन गर्नसक्ने दिन आइसकेको छ। हिजोको दिनमा मेरो पनि सोच अस्ट्रेलिया आउने रहेता पनि क्रिकेटले जीवनमा फरक मोडमा ल्याइदिएको छ।’

कुशललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान र स्वागत गर्न पाउनु गर्वको कुरा रहेको बताए ।

यसअघि अभिनास बोहोरालाई पनि सम्मान गरिसकेको एनआरएनए एनएलडब्लुले खेलाडीलाई सहयोग पनि होस् भनेर सम्मान गर्ने गरेको स्मरण गर्दै उनले सिड्नी आउने हरेक नेपाली राष्ट्रिय खेलाडीलाई जहिले पनि यहि स्तरमा सम्मान गर्ने घोषणा समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us