
काठमाण्डु,३ पुस– अष्ट्रेलियाका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा विक्री भएका छन् । आज मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो ।
यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बन्ने पक्का भएको छ ।उनको सुरुवाती मूल्य २ करोड थियो । सुरुमा चेन्नई सुपर किङ्सले बोली लगायो, त्ष्सपछि मुम्बई एण्डियन्स आयो । दुईको प्रतिस्पर्धामा चन्नईले ४.८ करोडको बोली लगायो ।
त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरले ५ करोडको बोली लगायो ।बैंग्लोर र चन्नईको प्रतिस्पर्धा ७.४० करोडसम्म रह्यो । बैंग्लोर ७.८० करोड तिर्न तयार भयो । त्यसपछि कमिन्सलाई बोली लगाउने दौडमा सनराइज हैदरबाद प्रवेश ग¥यो र, २०.५० करोडमा कमिन्सलाई अनुबन्ध गरेको छ ।