
काठमाण्डु, २६ मंसिर–यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारत सँग पराजित भएको छ । नेपाल भारतसँग ५२ रनमा अल आउट भएको हो । दुबईको आईसीसीए २ मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ दशमलव १ ओभरमा ५२ रनमा अल आउट भएको हो ।
नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । यू–१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा जिम्बाब्वे विरुद्ध ५९ रनमा अलआउट भएको थियो ।
नेपाललाई अल आउट गर्ने क्रममा भारतका राज लिम्बानीले ७ विकेट लिएका थिए । प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको थियो ।