
काठमाण्डु,२४ मंसिर–एसिसी यू–१९ एसिया कपमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ। आज आइतबार अफगानिस्तानसँग भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनको पराजित भएको हो ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा भएको खेलमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रन मात्र बनाउन सफल भएको हो । नेपालका लागि ओपनिङ ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन भने सकेनन् ।
अन्तिम विकेटको रुपमा आउट हुनुअघि अर्जुनले ९१ रन बनाएका थिए । उनले १०८ बल खेल्दा १३ चौका प्रहार गरेका थिए। नेपालले १९औं ओभरमा लगातार दुई विकेट गुमायो। १८.३ ओभरमा उत्तम मगर ४ रनमा र दुई बलपछि आकाश त्रिपाठी शून्यमा आउट भए।
दुवैलाई अफगानिस्तानका मारूखीले एलबिडब्लूको धरापमा पारेका थिए। यस्तै गुल्सन झा १७ र दिपेश कँडेल ११ रनमा आउट भए भने यस्तै सुवास भण्डारी ८ र हेमन्त धामी शून्यमा पेभिलियन फर्के।