
काठमाण्डु,२४ मंसिर– एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा जारी खेलमा कप्तान देव खनाल २४ रन बनाएर आउट भएका हुन ।
उनले ३७ बल खेल्दा १ चौका प्रहार गरे। उनी आउट हुँदा नेपालले १५.१ ओभर ३ विकेटको क्षतिमा ६८ रन बनाउन सफल भएको थियो । त्यसअघि नेपालले सात ओभरभित्रै दुई विकेट गुमाएको थियो ।
ओपनिङ ब्याटर विपिन रावल पहिलो ओभरको चौथो बलमा फारुदूनको बलिङमा विकेट पछाडि शून्यमा क्याच भए। यस्तै ६.१ ओभरमा दिपक बोहरा १३ बलमा १५ रनमा जोडेर आउट भए। उनी पनि फारुदूनकै बलमा आउट भएका हुन ।