
काठमाण्डु, २२ मंसिर– यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्थानसँग पराजित भएको छ । आज शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७।२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले सुरुमा खराब सुरुवात गरे पनि २६।२ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।