पहिलो ओभरमै गुल्सन झाले पाकिस्तानको विकेट लिए

काठमाण्डु टुडे २०८० मंसिर २२ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज शुक्रबारको खेलमा नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ ।

नेपाली बलर गुल्सन झाले पहिलो ओभरको तेस्रो बलमा विकेट लिएका हुन् । उनले पाकिस्तानी ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराएका हुन । गुल्सनले आफुले गरेको बलिङमा आफैले क्याच गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us