जब रोनाल्डोले आफूले पाएको पेनाल्टी अस्वीकार गरे

काठमाण्डु टुडे २०८० मंसिर १२ गते १३:२६ मा प्रकाशित

एजेन्सी– विश्व प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो गोल गर्ने क्षमताका लागि चिनिन्छन् तर सोमबार भने अल–नासरका फरवार्डले आफूले पाएको पेनाल्टी रेफ्रीलाई नदिन आग्रह गरे ।

एसियन च्याम्पियन्स लिगमा इरानियन टोली पर्सेपोलिसविरुद्धको खेलको दोस्रो मिनेटमा ३८ वर्षीय खेलाडी विपक्षी टोलीको च्यालेन्जपछि लडेका थिए । चिनियाँ रेफ्री मा निङले टोलीलाई तत्काल पेनाल्टी पनि दिएका थिए ।

तर रोनाल्डोले उक्त निर्णय सही नभएको भन्दै उल्टाउन रेफ्रीलाई आग्रह गरेका थिए । त्यसपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा उक्त निर्णय परिवर्तन गरीएको थियो । रोनाल्डोको इमानदारी र भीएआरको सहयोगले पर्सेपोलिस खेलमा जोगियो । १७ औँ मिनेटमा अल नासरका अली लाजामीले रातो कार्ड पाएपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us