फ्लोरेनले आत्मघाती गोल गर्दा हारबाट जोगियो बार्सिलोना

काठमाण्डु टुडे २०८० मंसिर १० गते १३:४२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– बार्सिलोना रायो भालेकानोका फ्लोरेन लेज्युनले आत्मघाती गोल गर्दा हारबाट जोगिएको छ ।

स्पेनिस लालिगा अन्तर्गत आज राति भएको खेलमा बार्सिलोना र रायो भालेकानोबीचको खेल १–१ बराबरीमा टुंगिएको हो।पहिलो हाफमा १–० गोलले अग्रता लिएको भालेकानोले दोस्रो हाफको ८२ औं मिनेटमा आत्मघाती गोल गर्दा बार्सिलोना हारबाट जोगिएको हो ।

त्यसअघि भालेकानोका लागि लोपेजले ३९ औं मिनेटमा गोल गरेका थिए । अंकतालिकामा बार्सिलोना ३१ अंकसहित चौथो स्थानमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us