
काठमाण्डु, ७ मंसिर– पोखरामा जारी केपी ओली कप क्रिकेटमा पहिलो खेल मदन भण्डारी स्पोट्र्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच खेल भइरहेको छ । आज बिहिबार केपी ओली कप क्रिकेट सुरु भएको हो ।
टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रनको बलियो स्कोर खडा गर्यो । बाग्मतीका लागि ओपनर रित गौतमले ५३ बलमा सर्वाधिक ७४ रन बनाउन सफल भएका छन ।
उनी रनआउट भएका थिए । शुभ कंसाकारले २७ रन बनाएर आउट भए । १३.३ बलमा सातौं नम्बरमा क्रिजमा आएका कप्तान सन्दीप लामिछानेले १८ रन बनाउन सफल भएका छन ।
उनले लगातार ३ बलमा छक्का प्रहार गरेपछि चौंथो बलमा आउट भएका थिए । विपर्शन केसीले उनको विकेट लिए । केसीले सन्दीपसहित सर्वाधिक ३ विकेट लिएका छन् भने ३९ रन खर्चेका छन् ।