मेसीले विश्वकपमा लगाएका जर्सी कीर्तिमानी रकममा लिलामी हुदै

काठमाण्डु टुडे २०८० मंसिर ६ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– सन २०२२ को फिफा विश्वकप विश्व विजेता राष्ट्र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले प्रतियोगितामा लगाएका ६ जर्सी लिलामी हुने भएको छ ।फाइनलमा मेसीले लगाएको जर्सीको मूल्य करिब एक अर्ब ३३ करोड हुने अनुमान रहेको छ । यसअघि सन् २०२२ मा भएको लिलामीमा म्याराडोनाको जर्सी एक अर्ब १९ करोडमा बिक्री भएको थियो ।

यो कुनै पनि फुटबल खेलाडीको सबैभन्दा महँगोमा बिक्री भएको जर्सी थियो । मेसीको जर्सी न्युयोर्कको सोथबीजले लिलामी हुने भएको छ ।‘ह्याण्ड अफ गड’ गोल गर्दा डिएगो म्याराडोनाले लगाएको जर्सी र फुटबल पनि सोथेबीले लिलामी गरेको थियो । कतारमा सन् २०२२ मा भएको फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि जितेको थियो ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । अतिरिक्त समयमा पनि गोल ३–३ को बराबरीमा थियो । त्यसपछि पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लागेको थियो । सोथेबीले मेसीको जर्सीको लिलामी बारे जानकारी दिदै मेसीले कतारमा लगाएका सात जर्सीमध्ये छ वटा न्यूयोर्कमा बिक्रीको लागि राख्ने बताएको छ ।

जसमा उनले फ्रान्सविरुद्धको फाइनलमा ऐतिहासिक जितका बेला लगाएको जर्सी पनि समावेश छ । मेसीले प्रतियोगितामा सबै ७ खेल खेलेका थिए । उनले अष्ट्रेलियाका क्यामरन डेभलिनसँग जर्सी साटासाट गरेकाले उनको ३ लिग खेलमा लगाएको जर्सी लिलामीमा समावेश गरिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us