भूकम्प पीडितको जीवनरक्षा गर्न एमालेको माग

काठमाण्डु टुडे २०८० मंसिर ४ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– प्रमुख प्रतिपक्षी दल एमालेले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति गम्भीर पार्टीको ध्यानाकर्षण भएको बताएको छ ।

सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको एमालेले आज सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ’ पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us